२०८३ बैशाख १८ गते शुक्रवार

तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रिजालले दिए कांग्रेसबाट राजीनामा

फोटो फाईल

तुलसीपुर,१८ बैशाख । तुलसीपुर क्षेत्रका प्रतिष्ठित उद्योगी तथा व्यापारी तुलसीपुर ५ निवासी विमल रिजालले नेपाली कांग्रेस पाटी छोडेको घोषणा गर्नुभएको छ । तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका रिजालले पाटीको क्रियाशिल सदस्यमा रही काम गर्दै आएको उल्लेख गर्दै संगठनको सम्पुर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

व्यक्तिगत व्यवसायीक कारण देखाउदै उहाले नेपाली कांग्रेस क्षेत्र नम्वर ३ का सभापतीलाई सम्वोधन गरी यहि बैशाख १६ गते लेखेको पत्रमा पाटीको क्रियाशिल सदस्यता नरहने गरी अलग भएको उल्लेख गर्नुभएको छ । साथै उहाले पाटीमा रहदा सम्म सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । उहाले राजनिति संगै तुलसीपुर क्षेत्रमा विभिन्न सामाजिक अभियानहरु संचालन गर्न महत्वपुर्ण भुमिका खेल्दै आउनु भएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया