२०८२ मङ्सिर १ गते सोमवार

बेलझुण्डी खानेपानीमा अनुगमन र सुरक्षा समिति गठन

बिजौरी, २४ कात्तिक ।  बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा अनुगमन समिति र खानेपानी सुरक्षा उपसमिति गठन गरिएको छ । संस्थाका उपाध्यक्ष मनकुमारी महतको संयोजकत्वमा सात सदस्यीय अनुगमन समिति गठन गरिएको छ । सदस्यहरू वसन्त थापा,गोकर्ण पौडेल,मदन बस्नेत,गिरीराज खड्का,मीना रोका र ताराकुमारी राना रहनुभएको छ । साथै अनुगमनका क्रममा उपभोक्ताहरूबाट कुनै त्रुटी भए नियमअनुसार कार्वाही गरिने समेत निर्णय गरिएको छ ।

खानेपानी सुरक्षा योजना उपसमिति मुकेश वलीको संयोजकत्वमा गठन गरिएको छ । सदस्य सचिवमा गोकर्ण पौडेल सदस्यहरूमा विक्रमबाबु केसी, प्रेमबहादुर घर्ती,शारदा केसी,सङ्गीता महरा,चन्द्रा वली , स्वास्थ्यतर्फ, प्रादेशिक आर्युवेद चिकित्सालय र शिक्षातर्फ माध्यमिक विद्यालय मानपुरका प्रधानाध्यापक दिपेश गुप्ता राख्ने निर्णय गरिएको सचिव मुकेश वलीले जानकारी दिनुभयो ।साथै उपसमितिलाई उपभोक्ताहरूलाई सुरक्षित खानपानी पुर्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने गरि जिम्मेवारी दिइएको छ । संस्थाका अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको सचिव मुकेश वलीले जानकारी दिनुभयो

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया