तुलसीपुर, २३ कात्तिक । दाङको तुलसीपुरमा इभि गाडीको ठक्करबाट स्कुटी चालक घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण गाउँपालिका–२ कौवाघारी निवासी ३२ बर्षीय सुरेश नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुर बोर्डीङ चोकबाट सुकौरा रोडतर्फ जादै गरेको रा ७ प १३४१ नम्बरको स्कुटीमा सवार रहेका नेपालीलाई बसपार्कबाट रङसाइड हुदै आएको बागमती प्रदेश ०१–०३२ च ०७०१ नम्बरको इभि गाडीले ठक्कर दिएको हो ।
गएराती करिब साढे ११ बजेको समयमा पिपलबोट ओरालामा रहेको कोको भ्यु होटेल अगाडीको चोकमा रङसाइडबाट आएको गाडीले स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट दुबै हात, खुट्टा र छातीमा चोट लागेका नेपालीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडी चालक सुर्खेतको सिम्ता गाउँपालिकाका २४ बर्षीय खिम बहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।।

