तुलसीपुर, ३० कात्तिक । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत एकजना स्टाफ नर्समाथी कुटपिट भएको छ । अस्पतालको डायलाइसिस डिपार्टमा कार्यरत एकजना स्टाफ नर्समाथी सोही डिपार्टमा काम गर्ने कार्यालय सहयोगी मिना गिरीले कुटपिट गरेको पारिवारिक स्रोतले जनाएको छ । गत शुक्रबार राती १० बजेको समयमा मेसिन अन अफको बिषयमा नर्सीङ स्टाफहरुबिचमा कुराकानी भइरहेको अवस्थामा एक्कासी आफुमाथी आक्रमण भएको पिडित नर्सले बताउनुभयो । कुटपिटबाट टाउकोमा चोट लागेको र सिटि स्क्यानलगाएतको उपचारपछी अहिले प्रहरीमा जाहेरीका लागी पुगेको उहाँको भनाई छ । नाम नखुलाउने सर्तमा बोल्दै उहाँले अस्पतालकै स्टाफबाट आफुमाथी कुटपिट हुनुले अस्पताल भित्रैबाट असुरक्षीत महसुस भइरहेको भन्दै दोसीमाथी कडा कारवाहीको माग गर्नुभएको छ ।
उहाँका अनुसार यसअघिबाटै कार्यालय सहयोगीको ज्यादती धेरै भइरहेकाले सबै स्टाफहरु हैरान भइसकेका थिए । तर, अहिले आफुमाथी भौतिक रुपमै आक्रमण भएपछी अब मिलेर काम गर्न नसक्ने अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो । अस्पतालको सिसिटिभि फुटेजमा पनि कार्यालय सहयोगीले स्टाफ नर्सको कपाल पगरेर मुक्का प्रहार गरेको देखिएको अस्पताल प्रसासनले जनाएको छ । यता अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पदमराज अधिकारीले भने घटनाबारे सत्यतथ्य बुझेर कारवाही प्रकृया अगाडी बढाउने बताउनुभएको छ । अस्पतालमा छलफल गरी कानुनअनुसारको कारवाहीका लागी सिफारिस गर्र्ने उहाँले बताउनुभयो । घटनामा संलग्न कार्यालय सहयोगीलाई प्रहरीले हिजो नै पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिनोदराज खत्रीले घटनामा संलग्न गिरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।।

