लोकल रक्सीलाई ब्राण्डीङ गर्नुपर्छ : चेम्बरका अध्यक्ष घर्ती

तुलसीपुर, ३ बैशाख । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले लोकल रक्सीलाई ब्राण्डीङ गर्नुपर्ने बताउनुभएको छ । दंगीशरणको चखौरामा आयोजीत आदीवासी जनजाति खाना महोत्सवको समापन अवसरमा प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष घर्तीले अन्नबाट उत्पादित लोकल रक्सीलाई ब्राण्डीङ गरेर स्थानिय उत्पादनलाई पवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘स्थानीय रक्सीलाई बन्द हैन बिक्रीका लागि लाइसेन्स दिनुपर्छ । हजारौ मुल्य पर्ने विदेशी रक्सी खाएपनि त्यसले दिने डोज र लोकल खाएपनि त्यसले दिने डोज त्यही नै हो । त्यसकारण राज्यले कर लिएर यसको ब्राण्डीङ गर्नुपर्छ ।’ अध्यक्ष घर्तीले भन्नुभयो ।  स्थानीय उत्पादनको पद्र्धन गरेर बजारीकरण गरेमा स्वदेशमै रोजगारीका अवसरहरु सृजना हुने भएकाले सरकारले यस विषयमा गम्भिर भएर सोच्न आवश्यक भएको अध्यक्ष घर्तीले बताउँनुभयो ।

ऐतिहासीक महत्व बोकेका थारु, मगर र नेवारी खानाको पद्र्धन सरंक्षणका लागि यस्ता महोत्सवहरु विभिन्न समयमा गर्न आवश्यक रहेको बताउनुभयो ।
चखौरा थारु होम स्टेकाका अध्यक्ष शान्ता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अथिति चेम्बरका कोषाध्यक्ष सन्तोष खड्का, संकृति संरक्षण केन्द्रका व्यवस्थापक आशाराम चौधरी लगाएतले बोल्नु भएको थियो । पाँच दिनसमम संचालन भएको महोत्सवमा गायक प्रेम विवश घर्ती, शालिकराम चौधरीले आ–आफ्ना प्रस्तुती राख्नुभएको थियो भने विभिन्न भेषभुषा र संकृति झल्किने मगर तथा थारु नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
। चैत्र २९ गतेदेखि संचालन भएको महोत्सवको शनिबार समापन गरिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया