नेकपा एमालेको जिम्मेवारी बाँडफाँड,दाङका यी नेताले पाए जिम्मेवारी

फाईल फोटो

तुलसीपुर, १९ चैत । नेकपा एमालेले नेता टिकाराम खड्कालाई दाङ निर्वाचन क्षेत्र नम्वर ३ को ईन्चार्जको जिम्मेवारी दिएको छ । एमाले लुम्बिनी प्रदेश कमिटिको शुक्रवार बसेको बैठकले खड्कालाई क्षेत्र नम्वर ३ को ईन्चार्जमा तोकेको छ । एमाले दाङका निवर्तमान अध्यक्ष समेत रहेका खड्कालाई पाटीले जिम्मेवारी प्रदान गरेको हो ।

यस्तैगरी क्षेत्र नम्वर ३ को क र ख मा पनि जिम्मेवारी तोकेको छ । जसमा क्रममा क को ईन्चार्जमा विनोद शर्मा र ख मा भुवनेश्वर पौडेललाई तोकिएको छ । बुटवलमा बसेको प्रदेश कमिटि बैठकले रेडियो प्रकृति एफएम संन्चालक समितिका अध्यक्ष खगेन्द्र पोख्रेल र नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेव खनाललाई प्रदेश कमिटिको सदस्यमा मनोनित गरेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया