२०८३ बैशाख १ गते मङ्गलवार

साङटेखोला घाटमा निर्माणाधिन मलामी प्रतिक्षालय र शवदाहका लागी आर्थिक सहयोगको अपिल(अडियो सहित)

तुलसीपुर, १३ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ स्थित साङटेखोला घाटमा मलामी विश्राम(प्रतिक्षालय) गृह तथा शवदाह निर्माण गर्न लागीएको छ । स्थानिय सुकिदह सामुदायिक वन उपभोक्ता समुहको अघुवाईमा उक्त स्थानमा निर्माण कार्य सुरु गरिएको छ । सामुदायिक वनको झन्डै डेढ लाख लगानीबाट निर्माण कार्य सुरु गरिएको समुहका अध्यक्ष मन्सराम डाँगीले बताउनुभयो ।

उहाले वन समुहको कोषमा अहिले भएको उक्त रकमले काम सुरु गरिएको बताउनुभयो । तर झन्डै चार ÷पाँच लाख लागत लाग्ने अनुमान गरिएको हुदा बजेट अभाव हुने भन्दै अध्यक्ष डाँगीले आर्थिक सहयोगको याचना गर्नुभएको छ ।

सुकिदह सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मन्सराम डाँगीको अडियो

साङटे खोलाघाटमा हिउँदमा गर्मि र बर्षातको समयमा ओत लाग्ने ठाउँ नभएको र बर्षातको समयमा बाढि आउने समस्या भएकाले मलामी विश्राम र शबदाह निर्माण गर्न लागीएको उहाले बताउनुभयो । पुर्खौ देखी त्यस क्षेत्रका स्थानियले साङटेखोला घाटमा शब दाहसंस्कार गर्दै आएका छन् ।लामीदमार, सुकिदह, भेरीखोर लगाएतका बासीन्दाले उक्त घाट प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया