खुत्रुके अभियानबाट झण्डै ७५ हजार आर्थिक संकलन

तुलसिपुर ६ चैत । तुलसीपुर उद्योग वाणिज्य संघले थालेको खुत्रुके अभियानमा अहिले सम्म ७५ हजार बढी आर्थिक सहयोग संकलन गरेको छ । दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि संघले थालेको यो अभियान अन्र्तगत अहिले सम्म ७५ हजार २ सय रुपैया आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दीनु भयो ।  राज्यलाई दबाब दिने उद्देश्यका साथ संघले गत फागुन देखी यो अभियानको सुरुवात गरेको थियो । सवैभन्दा पहिले अध्यक्ष चालिसेले ५१ हजार रुपैया जम्मा गरेर अभियानको सुरुवात गर्नुभएको थियो । त्यसपछि विभिन्न व्यक्तिहरुबाट खुत्रुके अभियानमा स्वतस्फुर्त रुपमा आर्थिक सहयोग गर्दै आएका छन् ।

२०११ सालमा स्थापना भएको टरिगाउँ विमान स्थलको धावन मार्ग साघुरो हुदा अहिले साना जहाजले हवाई उडान भर्दै आएको छ । तर ठुलो जहाज अवतरणका लागी आबश्यक पर्ने धावन मार्गको स्तरोन्नतीको लागी राज्यले कुनै चासो नदेखाएको भन्दै आफुहरुले यो अभियान थालेको उहाँले बताउनुभयो । यसका साथै आफुहरुले अहिले विमानस्थलको चिरा भर्ने कामको सुरुवात गरेको पनि उहाँले जानकारी दिनुभयो । सरोकारवालाहरुको टोलीले स्थलगत रुपमा अवलोकन गरी त्यसक्षेत्रको झाडी फडान र चिरा भर्ने कामको थालिन भएको पनि उहाले जानकारी दिनुभयो । यस्तैगरी प्राबिधिक र सरोकारवालाहरु सँग थप छलफल गरेर यहि चैत १४/१५ गते बाट अभियानलाई अझ व्यापक बनाउने योजना रहेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार
प्रतिक्रिया