२०८३ बैशाख ५ गते शनिवार

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत

काठमाडौं २९ फागुन। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए । उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर चुनिएका छन् ।  यसैगरी महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन् ।  गएराति बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष विष्णु रिजालले गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाएको थियो । नाम वाचन गरिएकाहरुले मात्रै मनोनयन दर्ता गर्न भनेपछि अन्यले असन्तुष्टि जनाएका छन् । कतिपय महाधिवेशन बीचमै छाडेर पोखराबाट फर्किएका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया