(अपडेट) अमृतपुर खानेपानी मतदान : अहिलेसम्म २२०० मत खस्यो

तुलसीपुर,२८ फागुन । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी विहान सवा आठबजे देखी मतदान जारी छ । संस्थाका तिन हजार १सय ४६ मतदाता रहेकोमा अपराहन ४ बजे सम्म २२०० मत खसेको निर्वाचन समितिले जानकारी दीएको छ । संस्थाको नयाँ नेतृत्वका लागी सहमती नजुटेपछि आज मतदान भएको हो । मतदान साझ ५ बजे सम्म जारी रहने समितिले बताएको छ ।
संस्थाको नेतृत्वका लागी दुई समुह चुनावी मैदानमा रहेका छन् । संस्थाको नेतृत्वका लागी भिमकान्त बस्याल(संगित)को नेतृत्वमा सयुक्त प्यानल र चन्द्रकान्त खरेलको नेतृत्वमा लोकतान्त्रिक सयुक्त प्यानल चुनावी मैदानमा रहेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया