२०८३ बैशाख १६ गते बुधवार

उपभोक्ता ठगी गर्न पाईदैन,एउटा सर्जिकल मास्कलाई पाँच रुपैया भन्दा बढि मुल्य गैरकानुनी

तुलसीपुर, २० फागुन । राष्ट्रिय उपभोक्ता मञ्च दाङको आयोजना तथा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाण्डौको सहकार्यमा शुक्रवार तुलसीपुरमा ब्यावसायिक सचेतना तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।उपभोक्ताहरुलाई जागरुक र व्यावसायीलाई सचेत बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले बजारमा सर्जिकल मास्क खुलेआम रुपमा अस्वभाविक रुपमा विक्रि वितरण भईरहेको जिज्ञासा राखेकोमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाण्डौ महानिर्देशक प्रेम कुमार श्रेष्ठले सर्जिकल मास्कलाई प्रति मुल्य ५ रुपैया भन्दा शुल्क तिर्न नहुने बताउनुभयो ।

उहाले जिज्ञासाको जवाफ दिदै सर्जिकल मास्क व्यापारीले प्रति प्याकेट ८० देखी १५० रुपैया सम्म खरिद गरेर १० देखी २० रुपैया सम्म उपभोक्तालाई विक्रि गर्नु ठगी भएको बताउनुभयो । एउटा प्याकेटमा ५० थान हुने भएको हुदा सामान्यतया उपभोक्ताहरुले प्रति मास्क पाँच रुपैया सम्म खरिद गर्नु उपयुक्त हुने उहाको भनाई छ ।तर अस्वभाविक रुपमा मास्क विक्रि गर्नु उपभोक्ता ठगी गरेको हुने भन्दै उपभोक्ताहरु सजग बन्नु पर्ने उहाको भनाई छ । व्यापारीले कुनै पनि सामान तथा बस्तुको विक्रि गर्दा २० प्रतिशत सम्म नाफा लिन पाउने प्रावधान भएपनि हद भन्दा बढि मुल्यमा कारोवार गरेको पाईएमा उपभोक्ता अधिकार ऐन विपरित हुने उहाले बताउनुभयो ।बजारमा जसले सर्जिकल मास्कलाई पाँच रुपैया भन्दा बढि मुल्यमा विक्रि गर्छ,त्यो गैरकानुनी हो उहाले भन्नुभयो, यस प्रति स्वंयम उपभोक्ताहरुले प्रमाणसहित उजुरी गरे कारवाही हुन्छ ।

साथै उहाले अन्य बस्तुहरुमा पनि उपभोक्ता ठगीएको बारे उजुरी आएमा कारवाही गर्दै आएको बताउनुभयो । यस विषयमा आम उपभोक्ताहरु सजग भए मात्रै कानुनी कारवाही गर्न सहज हुने उहाको भनाई छ ।कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले व्यापारीले दुई पैसा नाफा लिएपनि ईमादारिताका साथ व्यवसाय गर्नुपर्ने बताउनुभयो । तर उपभोक्तालाई ठगी गर्ने, गुणस्तहिन बस्तु तथा सामान विक्रि गर्ने, अवैध रुपमा व्यवसाय संचालन गर्ने, राजस्व छली गर्ने जस्ता क्रियाकलाप गर्न नहुने उहाले बताउनुभयो ।म्याद गुज्रिएका , गुणस्तरहिन बस्तु तथा सामानले उपभोक्ताहरुलाई असर गर्ने भन्दै यस प्रति व्यापारीले ध्यान दिनुपर्ने उहाको भनाई छ ।राष्ट्रिय उपभोक्ता मञ्च दाङका अध्यक्ष यामेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैरकानुनी रुपमा व्यवसाय संचालन गर्न कसैलाई छुट नभएको बताउनुभयो ।

उहाले व्यापारीहरुले बैधानिक रुपमा व्यापार गर्ने र ईमानदारिता देखाउनु पर्ने बताउनुभयो । व्यापारीले उपभोक्ता ठक्नु हुदैन भन्ने सकारात्मक सोचका साथ व्यापार गर्न सके मात्रै उपभोक्ताहरुको अधिकार सुनिश्चित हुने बताउनुभयो ।गैर कानुनी रुपमा काम गर्नु हुदैन भन्ने कुरा आम व्यापारीलाई थाहा भएपनि ठगी गर्ने मनसायले गर्दा उपभोक्ताहरु ठगिनु परेको उहाले बताउनुभयो ।यस प्रति स्वंयम व्यापारीले आफनो नैतिकता के हो भन्ने कुरालाई विर्सनु नहुने उहाको भनाई छ ।साथै उपभोक्ताहरु पनि सचेत हुनु पर्ने बताउदै उहाले आफु ठगिएको प्रमाण सहित उजुरी आएमा कानुन अनुसार व्यापारीलाई आफुहरुले कारवाही गर्ने उहाको चेतावनी छ ।

सगरमाथा सिमेन्टकै कारण घर भत्काउनु परेको बारे आफुले पनि जानकारी पाएको र त्यसको कारवाही प्रक्रिया अघि बढाउन सहयोग गर्ने उहाले बताउनुभयो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले व्यवसाय दर्ता प्रक्रिया झन्टिलो भएको बताउनुभयो ।उहाले स्थानिय तहको वडा कार्यालय देखी विभिन्न निकायमा व्यवसाय दर्ता गर्दा व्यवसायीहरु दोहोरो, तेहोरो करको मारमा परेको गुनासो गर्नुभयो । साथै उहाले उपभोक्ता ठगी बारे सत्यतथ्य बुझेर कारवाही गरेमा आफुहरुको साथ रहने बताउनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार
प्रतिक्रिया