शंकर के सी,सल्यान १४ जेठ ।
सल्यानको कपुरकोट गाउँपालिकाको शाशन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र संचालन गर्ने जस्ता जिम्मा रहने गाउंकार्यपालिकाले आइतबार पूर्णता पाएको छ । कपुरकोट गाउंपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा १४ सदस्यीय कपुरकोट गाउँकार्यपालिका गठन भएको हो ।
जसमा गाउंपालिकाका उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचीत वडा अध्यक्ष, ४ जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट २ जना सदस्य चुनीएका छन् । गाउपालिका उपाध्यक्ष तिला बुढा, ६ वटै वडाका अध्यक्षहरु क्रमशः माओवादि केन्द्रबाट बालाराम खड्का र मान बहादुर घर्ती, नेपालि काग्रेसबाट मिन बहादुर सेन, नेकपा एमालेबाट हरिलाल पुन, यम कुमार वस्नेत, हेरम बहादुर बुढाथोकी कार्यपालिकाको सदस्यमा आएका छन् ।
यस्तै ४ जना एमालेका महिला सदस्य निर्विरोध चुनीएका छन् । ललीता गिरी, कमला विक, भिमा भण्डारी, शान्ता ओली कार्यपालिकामा निर्विरोध चुनिएका हुन् । कार्यपालिका गठनमा अल्पसंख्यक वा दलित दुइ जना सदस्यका लागी भने आइतबार मतदान भएको थियो । जसमा पनि एमालेकै ठकविर कामी र यमुना नेपालिले १९÷१९ मत ल्याएर विजयी भएका छन् ।
कपुरकोट गाउंपालिकामा कार्यपालिका गठन
प्रकाशित मिति : २०७४ जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया