दाङ, १३ चैत ।स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा करिब १० हजार अस्थायी शिक्षक अनुत्तीर्ण भएका छन् । उनीहरूलाई उपदानसहित बिदाइ गर्ने तयारी सरकारले गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ती शिक्षकलाई उपदान दिन पाँच अर्ब २५ करोड रुपैयाँ छुट्टाएको छ । केन्द्रका महानिर्देशक बाबुराम पौडेलले ती शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको बताउनुभयो ।
प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार












