२०८३ बैशाख ५ गते शनिवार

एसईई परीक्षाको पहिलो दिन दाङमा शान्तीपुर्ण सम्पन्न,१ सय ४६ परिक्षार्थी अनुपस्थित

तुलसीपुर, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षा आईतवार देखी सुरु भएको छ । पहिलो दिन परीक्षार्थीहरुले अग्रेजी विषयको परीक्षा दिएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका अनुसार पहिलो दिन शान्तीपुर्ण बातावरणमा परीक्षा सम्पन्न भएको छ । जिल्लाबाट एसईई परीक्षामा ११ हजार ४ सय ६४ जना परिक्षार्थी सहभागी हुने भनेता पनि १ सय ४६ जना परिक्षार्थी अनुपस्थित भएको कार्यालयले जनाएको छ ।

जिल्लामा ४४ वटा परिक्षा केन्द्र तोकीएको छ । जस मध्ये नियमित र पुराना विद्यार्थीहरुका लागी छुट्टाछुट्टै परिक्षा केन्द्र तोकिएको छ । जिल्लामा कसैले पनि अमर्यादित कार्य नगरेको बताईएको छ । सोमवार नेपाली विषयको परिक्षा हुने जनाईएको छ । यस्तै नेकपाकी सचेतक सांसद शान्ता चौधरीले पनि एसईई परीक्षा दिएकी छिन् । खुला विद्यालय प्रणाली मार्फत अध्ययन गरेकी सांसद चौधरीले ३८ वर्षको उमेरमा पहिलो पटक एसईई परिक्षा दिएकी हुन् ।
उनले तुलसीपुरमा रहेको सेन्टर मावि तुलसीपुर परिक्षा केन्द्रबाट परीक्षा दिएकी हुन् । यस्तै अभिनेतृ करिश्मा मानन्धरले काठमाडौँको विजय स्मारक मावी डिल्लीबजार परिक्षा केन्द्रबाट परिक्षा दिएकी हुन् । यस्तैगरी दाङमा दुई जना दृष्टिविहीनले पनि एसईई परिक्षा दिएका छन् । नमुना माध्यामिक विद्यालय रक्षाचौरमा अध्ययनरत उनीहरुले परिक्षा दिएका हुन् ।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार
प्रतिक्रिया