२०८३ बैशाख ५ गते शनिवार

ओरालो यात्रा रोकियो, सुधारको संकेत देखियो: महासचिव पोखरेल

काठमाडौं, ३० असार । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षे कार्यकाललाई देश सुधारको सङ्केत दिने अवधिको रूपमा व्याख्या गर्नुभएको छ।

उहाँले सोमबार बिहान फेसबुकमा देश सुधारको गतिमा अघि बढेको उल्लेख गर्नु भएको छ । ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ, यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिँदै छन्’, उहाँले लेख्नु भएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले पनि सरकारको एक वर्ष पूरा भएको सन्दर्भमा फेसबुकमार्फत धारणा सार्वजनिक गर्नु भएको छ। प्रधानमन्त्रीले पनि आफ्नो एक वर्षे कार्यकाललाई देशको आर्थिक सुधारको वर्षको रूपमा व्याख्या गर्नु भएको छ ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया