२०८३ बैशाख ५ गते शनिवार

हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।

 

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया