भिमसेन स्वास्थ्य केन्द्र भवन निर्माणको काम सुरु

तुलसीपुर, ७ असाढ

दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारामा सुविधा सम्पन्न भिमसेन शाह सहरी स्वास्थ्य पर्वद्धन केन्द्रको भवन निर्माण कार्य सुरु गरिएको छ । पहिलो चरणमा ५५ लाख लागतमा १७ कोठ भवनको निर्माण कार्य सुरु गरिएको हो । एक बर्ष भित्र भवनको निर्माण कार्य सम्पन्न गर्नेगरी द्रुत गतिमा काम अघि बढाइएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिसेक शाहले जानकारी दिए । भवन निर्माणका लागि करिब सवा दुई करोड बजेट आवश्यक पर्ने अध्यक्ष शाहले जानकारी दिए । भिमसेन सहरी स्वास्थ्य केन्द्र, हाल अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालमा संचालन हुदै आएको छ ।

प्रकाशित मिति : २०७५ असार ७ गते बिहिवार
प्रतिक्रिया