तुलसीपुर,६ असार ।
प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसीले नेपालमा अव कुनै पनि नागरिकहरु लालपुर्जा विहिन भएर बस्नु नपर्ने बताएका छन् । निर्वाचनको समयमा जनता सामु गरेका बाचा अवको केहि समयमा पुरा हुने उनले बताएका छन् । रिर्पोटस क्लव दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।
कानुन बन्ने क्रम रहेको बताउदै आउदो कात्तिक सम्ममा सुकुम्वासिका हातमा लालपुर्जा दिने उनले बताएका छन ।क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अर्को प्रसङमा बोल्दै सांसद केसीले नेपालको राष्टिय राजनितिमा जनताले थाहा पाउने गरी ठुलो परिवर्तन आएको बताएका छन् ।
नेपालको कम्युनिष्ट सरकारले देशैभर एक खालको तरङग छाएको बताएका छन् । यस्तै उनले दाङको टरिगाउँमा रहेको विमानको स्तरोन्नती गरी आन्तरिक विमान स्थल बनाउने र अन्र्तराष्टियका लागी बैकल्पीक विमान स्थल बनाईने बताएका छन् । क्लवका कोषाध्यक्ष बालाराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लवका सचिव विमल गौतमले गरेका थिए ।