तुलसीपुर,२४ जेठ ।
संघीय संसद् सचिवालयले सांसदहरुलाई आज पनि प्रशिक्षण दिंदैछ । कानून तर्जुमा प्रक्रिया लगायत संसदीय अभ्यासका विषयमा सांसदहरुलाई हिजो प्रशिक्षण दिईएको हो ।
संघीय संसद् नयाँ बानेश्वरमा भईरहेको प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुले भाग लिएका छन् । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । संविधान कार्यान्वयनका लागि सदनले छोटो समयभित्रै धेरै कानून निर्माण तथा पुराना कानूनलाई समयानूकुल बनाउनुपर्ने भएकाले कानून निर्माणमा सजिलो होस् भनेर सांसदलाई प्रशिक्षण दिईएको संसद सचिवालयले जनाएको छ ।
नयाँ संविधान र संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा मौलिक हकसँग सम्बन्धित कानून आगामी असोज मसान्तसम्म बनाइ सक्नुपर्नेछ ।
प्रकाशित मिति : २०७५ जेष्ठ २४ गते बिहिवार