तुलसीपुर,३० बैशाख ।
नेपाल सामाजिक परिचालक कर्मचारी संघले देशभरीका सामाजिक परिचालकहरुलाई सरकारले असार मसान्त सम्म पुर्नवाहाली गरेकोमा धन्यावाद ज्ञापन गरेको छ । संघको आयोजनामा आज मैतीदेवी काठमाडौमा सम्पन्न भएको राष्टिय समिक्षा विषयक एक दिने गोष्ठि कार्यक्रममा सरकारलाई धन्यावाद दिनुको साथै विभिन्न निर्णयहरु समेत गरीएको छ ।
गोष्ठिमा सामाजिक परिचालकहरु जिल्ला भेलाको आयोजना गरी राष्टिय भेला गर्ने निर्णय गरीएको छ । त्यस्तै गरी साउनदेखी पुन सामाजिक परिचालकलाई पुर्नबाहाली हुनुपर्ने माग राख्दै सत्तापक्ष र प्रतिपक्ष राजनितिक दल संग भेटघाट गर्ने निर्णय गरीएको छ ।
संघका अध्यक्ष सारिका राईको अध्यक्षतामा भएको गोष्ठिमा केन्द्रिय सचिव विनोद ढुङगानाले कार्यक्रमको वारेमा जानकारी गराएका थिए । सो अवसरमा सामाजिक परिचालक बेद प्रसाद शर्मा, कल्पना हमाल लगाएतले बोलेको केन्द्रीय सदस्य गोविन्द सुवेदीले जानकारी दिएका छन ।
संघका उपाध्यक्ष हिरा लामाको स्वागत मन्तव्यबाट सुरु भएको गोष्ठिमा देशभरका एक सय बढि सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो ।