एसीसी प्रिमियर कपको उपाधि यूएईले जित्यो

काठमाण्डौ, १० बैशाख ।  एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ । घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो । यूएईले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४९ रन मात्र बनाउन सकेको छ ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन जाडेको हो ।।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया