क्रिकेटमा आज दिल्ली र हैदराबाद खेल्दै

काठमाण्डौ, ८ बैशाख ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल दिल्लीमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । हैदराबाद ६ खेलमा ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने दिल्ली ७ खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।

गएराति भएको खेलमा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किङग्सलाई ८ विकेटले हराएको छ । जितसँगै लखनउको ७ खेलमा ८ अङ्क भएको छ । लखनउ तालिकाको पाँचौं स्थानमा छ । समान ७ खेलमा ८ अङ्क नै रहेको चेन्नई तेस्रो स्थानमा छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ८ गते शनिवार
प्रतिक्रिया