सल्यान दुर्घटना अपटेडः घाइतेको परिचय खुल्यो

तुलसीपुर,५ वैशाख । सल्यानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको संख्या २२ पुगेको छ । बस दुर्घटनमा परी घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ४ का ४६ वर्षीय गाडी धनी विष्णु विक, दाङ तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, ३६ वर्षीया दिल कुमारी गौतम, रक्षाचौरकी २६ वर्षीया खिमा विक, तुलसीपुर ६ का ३४ बर्षीय बस चालक पूर्ण शम्शेर जबरा, तुलसीपुर ७ पर्सेनीकी ४९ वर्षीया ठगि बुढा, ४७ वर्षीया मुम्भ कुमारी बुढा, रुकुम चौरजहारी नगरपालिका २ की २२ वर्षीया पुष्पा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै सल्यानको शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ को ६ वर्षीय रेशम मगर, रुकुम चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल रहेका छन् । त्यस्तै रुकुम सिस्ने गाउँपालिका ६ की ११ वर्षीया अरुणा गौतम, रुकुम बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, शोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय विरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय विर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय बसन्त जंग क्षेत्री र रोल्पा रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जनाकारी दिनु भयो । बाँकी मध्यम र सामान्य घाइतेको बागचौरमा उपचार भइरहेको छ । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर आज बुधबार बिहान दुर्घटना भएको थियो । राप्ती राजमार्ग अन्तर्गत दाङ रूकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ मा रहेको खोलाको पुलबाट बस खसेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया