तुलसीपुर ,१३ बैशाख ।
दाङका स्वास्थ्यकर्मी बिमल केसीले आफनो जन्मदिनको अवसरमा रक्तदान गरेका छन् ।“रगत दान नै जिवन दान हो” भन्ने मान्यताका साथ स्वास्थ्यकर्मी केसीले रक्त सन्चार केन्द्र घोराहीमा आज रक्तदान गरेका हुन् ।शान्तीनगर गाउपालिका वडा नं. ४ घर भएका केसी हलवार स्वास्थ्य चौकीका प्रमुख समेत रहेका छन् ।
त्यस्तैगरी उनी नेपाल रेडक्रस सोसाईटी उपशाखा पवननगरका सभापति हुन् भने अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् ।जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा आफुले रक्तदान गरेको केसीले बताएका छन् ।उनले आफु ३५ वर्ष पुरा भई ३६ वर्षमा प्रबेश गरेको बताएका छन् ।
प्रकाशित मिति : २०७५ बैशाख १३ गते बिहिवार