पेट्रोलको मूल्य फेरि बढ्यो

तुलसीपुर,१८ चैत्र । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरी बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो ।इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आए पछि यहाँ पनि बढाइएको निगमले बताएको छ ।

दाङमा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७४रुपैयाँ तिर्नु पर्ने छ । यसअघि १ सय ७० रुपैयाँमा कारोबार भइरहेको थियो । डिजेल÷मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया