२०८३ बैशाख १६ गते बुधवार

प्रदेशस्तरीय मेडिकल कलेज खोल्न सरकारको सैद्धान्तिक सहमति 

फाईल फोटो

काठमाण्डौ,२७ फागुन । सरकारले सातै प्रदेशमा प्रदेशस्तरीय मेडिकल कलेज खोल्न सैद्धान्तिक सहमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा हिजोको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सङ्घीय संरचनाअनुरूप केन्द्र र प्रदेश तहमा प्रत्येक नागरिकले सहज रूपमा गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढाउन शिक्षा मन्त्रालयले प्रस्ताव अघि बढाएको थियो । स्वास्थ्य सेवाको वितरणमा प्रादेशिक सन्तुलन कायम गर्न प्रदेशगत रूपमा कम्तिमा एक मुख्य मेडिकल कलेज वा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सरकारले सहमति दिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । अब थप छलफलपछि प्रक्रिया अघि बढ्ने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया