दासको हत्या आरोपमा चार जना पक्राउ

फाइल फोटो

कैलाली, २ बैशाख । कैलालीको गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा चारजनालाई महाननगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका १ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ का १९ वर्षीय मनोज भण्डारी, वडा नम्वर ९ बस्ने १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही ठाउँका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।केहि महिना अघि कैलालीको जानकी गाउँपालिका ९को अमरावती सामुदायिक वनमा अर्जुन दासको घाँटी रेटेर हत्या भएको थियो।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया