२०८३ बैशाख १७ गते बिहिवार

शान्तिनगर ४ को अध्यक्षमा लोक गायक रेग्मी चुनाव लड्ने

फाइल फोटो

शान्तिनग,२१ चैत । आउदो स्थानिय तहको निर्वाचन मिति नजिकीदै गर्दा उमेदवारहरुको आकांक्षीहरु आफनो नाम घोषणा गर्न थालेका छन् । यसै क्रममा पश्चिम दाङको शान्तिनगर गाउँपालिका ४ को वडा अध्यक्ष नेपाली काँग्रेसकाे तर्फबाट गायक प्रकास रेग्मीले आफनो उमेदवारीको घोषणा गर्नुभएको छ । गिधनिया निवासी रेग्मीले आफु वडा अध्यक्षमा चुनाव लड्ने बताउनुभयो । दुई दशक देखि कलाकारिता क्षेत्रमा लाग्नु भएका रेग्मीले आउदो बैशाख ३० गते स्थानिय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिका ४ मा चुनाव लड्ने घोषणा गर्नुभएको हो ।

लामो समय संगित क्षेत्रको माध्यमबाट कला संस्कृति र समाज तथा देशको सेवा गरेकोमा अब स्थानिय स्तरमै समाज सेवा गर्ने योजना बनाएको उहाँले बताउनुभयो । आफ्नै पहलमा गिधनिया खोलामा झन्डै १२ करोडको पुल बन्ने तयारीमा रहेको उहाँले बताउनुभयो । अबको नेतृत्व युवाले पाउनु पर्ने बताउदै उहाँले चुनाव लड्न तयार भएको बताउनुभयो । यस्तैगरी वडा अध्यक्ष पदमा लेवाराम आचार्य , कृष्ण कुमार खत्री , खडक बहादुर केसी,तुलसी राम कंडेल,  केशव खड्का, चेत बहादुर डाँगी , चेतानन्द बस्नेत, अमर गिरी,  बालाराम पाैडेल  लगाएतले पनि उमेदवार बन्ने घोषणा गर्नुभएको छ ।

 

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया