जुम्लामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

फाईल फोटो

काठमाण्डौ,२० चैत । ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया