२०८३ बैशाख १८ गते शुक्रवार

साविक राप्ती अन्चलका पाँचै जिल्लाका कुन पालिकामा कति मतदाता(विस्तृतसहित)

फाईल फोटो

तुलसीपुर, १४ चैत ।निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।

सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् । २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।
देशभरका मतदाता संख्या विवरण

आयोगले दिएको जानकारी अनुसार साविक राप्ती अन्चलका पाँचै जिल्लाका पालिकाहरु विवरण सार्वजनिक गरिएको छ ।सोहि अनुरुप साविक राप्तीका तत्कालिन पाँच जिल्ला हाल छ जिल्लाका कुन पालिका कति मतदाता भन्ने बारेमा तल उल्लेख गरिएको छ ।

दाङ


सल्यान


प्युठान


रोल्पा


तत्कालिन रुकुम (हाल रुकुम पुर्व र पश्चिम )

रुकुम पुर्व

रुकुम पश्चिम

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया