२०८३ बैशाख ५ गते शनिवार

अहिले एमालेको पक्षमा जनमत छ: नरुलाल चौंधरी

तुलसीपर,५ चैत्र । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङ इन्चार्ज नरुलाल चौधरीले एमालेको पक्षमा जनमत भएको भन्दै स्थानीय चुनावमा बहमुत सिट जित्ने बताउनु भएको छ । उहाँले त्यो जनमतको परिनाम आाउदो चुनावमा प्रमाणित भएर जाने वताउनुभयो । ‘एमालेको पक्षमा जनमत छ’पेशागत महासंघ दाङको छैठौं अधिवेशनलाई सनिवार घोराहीमा संवोधन गर्दै इन्चार्ज चौधरीले भन्नुभयो । ‘एमालेलाई मतदान गर्न जनता चुनावको मिति कुरेर बसेका छन । एमालेले चुनावमा बहुमत सिट जित्छ ।’ इन्चार्ज चौधरीले एमालेप्रति जनताको विश्वास बढेर गएको समेत वताउनुभयो ।

पेशागत महासंघ दाङका संयोजक अरुणकुमार शर्माको अध्यक्षतामा भएको अधिवेशन उदघाटन कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी र एमाले स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले पार्टीलाई गतिशिल बनाउन पेशागत महासंघको भूमिका महत्वपुर्ण भएको वताउनुभयो ।

कार्यक्रममा पेशागत महासंघका स्थायी कमिटि सदस्य उद्धव न्यौपाने, नेपाल बुद्धिजिवि परिषदका केन्द्रीय सदस्य श्याम आचार्य, नेपाल निर्जामति कर्मचारी संगठनका केन्द्रीय सदस्य गोकर्ण वली, नेपाल राष्टिय शिक्षक संगठन दाङका अध्यक्ष दामोदर बस्नेत, नेपाल निजामति कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसी, नेपाल बुद्धिजिवि परिषद दाङका अध्यक्ष विकास गौतम, पेशागत महासंघका प्रदेश सदस्य श्रीमण न्यौपाने लगायतले मनतव्य राखेका थिए । पेशागत महासंघ दाङका उपाध्यक्ष सम्झना शर्माको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममको सहजिकरण पेशागत महासंघ दाङका सहसंयोजक रमा आचार्यले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार
प्रतिक्रिया