शान्तिनगर गाउँपालिकामा मतदाताको संख्या २१ हजार नाघ्यो

फाइल फोटो

तुलसीपुर, ४ चैत । पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा मतदाताको संख्या २१ हजार नाघेको छ ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका भित्र १५ हजार ६ सय १ मतदाता संख्या रहेकोमा यस पटक बढेर २१ हजार १ सय ७९ पुगेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । आउदो स्थानिय तहको चुनावमा गाउँपालिका भित्र पाँच हजार बढि मतदाता थपिएका छन् । पाँच वर्षको अवधीमा गाउँपालिका भित्र मतदाता संख्या ५ हजार ५ सय ७८ जनाले बृद्धि भएको छ । यस्तैगरी आउदो स्थानिय तहको निर्वाचनमा मतदान केन्द्र पनि थप गरिएको छ ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिकामा १९ वटा मतदान केन्द्र रहेकोमा यस पटक बढाएर २५ पु¥याईएको छ । मतदान स्थल भने ९ नै कायम गरिएको निर्वाचन कार्यालयले बताएको छ । कार्यालयका अनुसार गाउँपालिका वडा नम्बर १ मा मतदान केन्द्र ३, मतदान स्थल २ र मतदाता संख्या २ हजार ४ सय ७८ रहेको छ। यस्तैगरी वडा नम्वर २ मा मतदान केन्द्र ४ , मतदान स्थल १ र मतदाता संख्या ३ हजार ५ सय ३४, ३ मा मतदान केन्द्र ५, मतदान स्थल २ र मतदाता संख्या ३ हजार ७ सय १२, ४ नम्बर वडामा मतदान केन्द्र ४, मतदान स्थल १ छ भने ३ हजार ३ सय २३ , वडा नम्बर ५ मा मतदान केन्द्र ३, छ भने मतदान स्थल १ र मतदाता संख्या २ हजार ४ सय १०, ६ नम्बर वडामा मतदान केन्द्र ३ र मतदान स्थल १ छ भने मतदाता संख्या २ हजार ५ सय ७९ रहेको छ भने ७ नम्बर वडामा मतदान केन्द्र ३, मतदान स्थल १ र ३ हजार १ सय ४३ मतदाता संख्या रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार
प्रतिक्रिया