तुलसीपुरको सल्यानरोडमा विहानै देखी विद्युत सेवा अवरुद्ध

फाइल फोटो

तुलसीपुर, २५ फागुन । तुलसीपुर स्थित सल्यानरोडमा बुधवार विहानै देखी विद्युत सेवा अवरुद्ध भएको छ । विहान दश बजेदेखी तुलसीपुर स्थित सल्यानरोडमा विद्युत सेवा अवरुद्ध भएको छ । विहानै देखी विद्युत सेवा अवरुद्ध हुदा उपभोक्ताहरु मर्कामा परेका छन् । यता विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले सल्यानरोड क्षेत्रको विद्युत लाईन मर्मत कार्य भईरहेको हुदा विद्युत सेवा अवरुद्ध भएको बताएको छ ।

गर्मी मौसम सुरु भएसंगै हावाहुरी समेत चल्ने भएकाले विद्युतीय संरचनामा समस्या आउन सक्ने भएको हुदा पुर्व तयारीका लागि विद्युत लाईन मर्मत कार्य भईरहेको वितरण प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिनुभयो । उहाका अनुसार विरेन्द्रचोक देखी उत्तर तर्फ सल्यानरोड क्षेत्रमा विद्युत लाईन मर्मतको काम भईरहेको छ । अहिले मर्मतको काम भईरहेको र विद्युत सेवा सुचारु हुन अझै केहि समय लाग्ने उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार
प्रतिक्रिया