शम्भु कुमाल ,काठमाडौ २२ साउन । कुमाल विद्यार्थी समाजको आयोजनामा एसईई २०७३ का उत्तिर्ण बिद्यार्थिलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शैक्षिक मनोबलमा टेवा र्पुयाउनका लागि देश भरका उत्कृष्ट ३४ विद्यार्थीलाई सम्मान पत्र र खादा लगाइ सम्मान गरिएको हो ।
साथै उत्कृष्ट श्रेणी प्राप्त गर्ने लमजुङकी सान्ती कुमाल जिपिए ३े.८५, अर्घाखाँचीकी अप्सरा मुखिया कुमाल जिपिए ३े.८०, तनहुकी सगुन कुमाल जिपिए ३े.८० त्यस्तै लमजुङकै सुस्मिता कुमाल जिपिए ३े.७० लाई जनही तिन हजार प्रदान गर्ीएको थियो ।
समाजका केन्द्रीय अध्यक्ष नवीन मुखिया कुमालको अध्यक्षता तथा माननीय नगेन्द्र कुमार कुमालको प्रमुख आतिथ्यता एवं नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिव श्रुति कुमालको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय अध्यक्ष दुजाङ सेर्पा,नेपाल कुमाल समाज सुधार समिति महासचिव ठाकुर कुमाल,गणेश कुमाल,प्रदिप कुमाल, गणेश पाल्पालि सम्भु कुमाल, सन्तोष कुमाल लगायतले बोलेका थिए ।
कार्यक्रमको सहजिकरण कुमाल विद्यार्थी समाजका केन्द्रीय सचिव सुरेश कुमालले गरेका थिए । देश भरिका कुमाल विद्यार्थीलाई सम्मान कार्यक्रम अनुसार विभिन्न जिल्लाका विद्यार्थी अभिभावक तथा समाजका नेतृत्वकर्ता, बौद्धिक ब्यक्तिवहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकारहरुको पनि आआफ्नो प्रस्तुति रहेको थियो । कार्यक्रममा १ सय २० जनाको सहभागीता रहेको थियो ।