‘सगरमाथामा अक्सिजनका सिलिण्डर चोरी’

बीबीसी

विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरहरुमा दिन प्रतिदिन अक्सिजनका सिलिण्डरहरु हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिण्डर हराउँदा ज्यान नै जोखिममा पर्न सक्ने उनीहरुको चिन्ता छ।

सगरमाथाको चुचुरोमा जाने तयारी गरिरहेको आरोहीहरुको अन्तिम समूहले सफा मौसम कुरिरहँदा पछिल्ला चिन्ता सार्वजनिक भएका हुन्।

समस्या

विज्ञहरुले पर्वतारोहीको भीड र कतिपय अनुभवहीन आरोही र उनीहरुका असक्षम पथ प्रदर्शकहरुका कारण पनि समस्या बढेको टिप्पणी गरेका छन्।माथि माथि यो विषय एकदमै गम्भीर बनिरहेको छ

प्रकाशित मिति : २०७४ जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया