तुलसीपुर,२१ बैशाख ।
बंगलाचुली—२ मर्पेसका अग्निपिडित बालबालिकाहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले शैक्षिक सामग्री वितरण गरेको हो । केन्द्रले अग्निपिडितका १२ जना बालबालिकाहरुलाई झोला, कापी, कलम, मसी, पेन्सील, इरेजर र पेन्सिल कटर वितरण गरेको हो ।
केन्द्रले धर्मबहादुर पुन, हुमबहादुर पुन, लक्ष्मी थापा, संगीता थापा, माया घर्ती, उर्मिला घर्ती, लक्ष्मी घर्ती, सन्ध्या पुन, कुमान्नद घर्ती, सुभाष घर्ती, हिमाल घर्ती र प्रतिभा घर्तीलाई शैक्षिक सागम्री वितरण गरिएको हो । केन्द्रले प्रति बालबालिका एक हजार चार सय ५० रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । साथै केही दिनमा विद्यार्थीहरुलाई ड्रेस तथा चप्पल प्रदान गरिने केन्द्रले जनाएको छ ।
यस्तै नेपाल महिला सामुदायिक सेवा केन्द्रको लघुवित्त कार्यक्रममा आवद्ध रहेका सदस्यहरुलाई जीवन तथा आवास सुरक्षा कोषबाट पाँच हजार आबद्ध सदस्य टोपली घर्तीलाई प्रदान गरिने बताइएको छ ।।