२०८३ बैशाख १ गते मङ्गलवार

त्रिदेशीय टी–२० क्रिकेटमा नेपाल ३४ रनले पराजित

काठमाण्डौ, ७ असार ।  त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको छ । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित शृङ्खलाको उपाधि घरेलु टोलीले जितेको हो । अन्तिम खेलमा जीतका लागि एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा एक सय ५९ रनमा अलआउट भयो ।

त्यसअघि ग्लास्गोमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले २ तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले समान १ विकेट लिनुभयो । स्कटल्यान्डले ४ खेलमा २ जीतका साथ तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो ।।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिवार
प्रतिक्रिया