तिर्थराज ज्ञवाली, , मसुरीया, २३ चैत्र ।
राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष ०७४/०७५को दशौ बैठक राप्ती गाउँपालिका गाउँ कार्यपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा जनहितकारी निर्णय गर्दै सम्पन्न गरेको छ ।
बैठकले राप्ती गाउँपालिका भित्रका क्यान्सर रोगीहरुलाई उपचारमा सहयोग स्वरुप वार्षिक पाँच हजार र मुटुरोगी, पक्षघात, मृगौलारोगी सीकलसेलका रोगीहरुलाई वार्षिक दुई हजार उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
गाउँकार्यपालिकाको बैठकले लागत अनुमान तयार नभएका ,सम्झौता नभएका योजनाहरु छिटो सम्पन्न गर्नका लागि वडाहरुलाई विवरण पठाउन जिम्मेवारि दिएको छ ।
एकिकृत सम्पत्ति कर कार्यविधि २०७४, खाद्य स्वच्छता मासु जन्य पदार्थ प्रशोधन तथा विक्रि वितरण मापडण्ड २०७४, मर्मत सम्भार विशेषकोष निर्देशिका २०७४र्, घ” बर्गको निर्माण ब्यवसायी ईजाजत पत्र सम्वन्धि कार्यविधि २०७४ लाई लागुगर्न प्रारम्भिक मस्यौदा अध्यन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।