काठमाडौं,२२ चैत ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आगामी बैशाख ९ अर्थात अप्रील २२ तारिखमा पार्टी एकता गर्ने सझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताएका हुन् ।
‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट र्फकेर आएपछि एकताको कुरा टुङ्गााएर २२ अप्रीलका दिन एकता गर्ने समझदारी बनेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं । २२ अप्रीलका दिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना छ ।’
प्रकाशित मिति : २०७४ चैत्र २२ गते बिहिवार