सांकेतिक तस्विर
दाङ, १६ बैशाख । बुटवलमा स्कुटर दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना हुदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगरकी १८ वर्षीया पूर्णीमा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हिजो बेलुका ७ बजेतिर भएको दुर्घटनामा घाइते भएको दुवै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै दुर्घटनामा परी स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक थमन बिसीले जानकारी दिनुभयो । र्दुघटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार


















