२०८३ बैशाख १६ गते बुधवार

दाङमा अबैध नदिजन्य बस्तु उत्खनन् गर्ने ३ वटा जेसीवी र ३४ वटा टेक्टर कारवाहीमा

फोटो फाईल

तुलसीपुर, १ बैशाख । जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न खोला तथा नदीबाट अवैध रुपमा नदीजन्य बस्तुहरु ओसारपसारमा संलग्न भएको आरोपमा गाडीहरुलाई पक्राउ गरी कारवाही गरेको छ । प्रहरीका अनुसार वितेको एक हप्ताको अवधीमा ३ वटा जेसीवी र ३४ वटा टेक्टरलाई पक्राउ गरी कारवाही गरिएको छ ।

विभिन्न स्थानबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा, बालुवा र गिट्टी ओसारपसार गरेको आरोपमा पक्राउ परेका गाडीहरुलाई कारवाही स्वरुप नौ लाख जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया