रहेनन् निष्ठावान ईश्वरीप्रसाद उपाध्याय

तुलसीपुर, १४ फागुन ।
स्वतन्त्रता सेनानी तथा शिक्षा प्रेमी तुलसीपुर १२ निवासी ईश्वरीप्रसाद उपाध्यायको ९३ वर्षको उमेरमा आज निधन भएको छ । साविकको डुरुवा गाविस गोठूवा निवासि उपाध्याय काँग्रेसका पुराना निष्ठावान नेता हुन । वि.सं.१९८१ मा जन्मीएका उपाध्यायले पंचायतकालमा १८ वर्ष सम्म साविक उरहरी गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान पराएका थिए ।

वनगाउ स्थित माध्यामिक विद्यालयलाई १८ विगाहा जग्गा दान गरेर त्यसभेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुराएका उपाध्यायले मा.वि. उरहरिको स्थापना तथा वालमितेरी मावि भोजपुरको स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका थिए । वि.सं. २०१७ सालको जिल्ला अधिवेशनमा काँग्रेसको जिल्ला सभापतिका प्रत्यासी उपाध्यायलाई काँग्रेसका नेताहरु खुमवहादुर खड्का, वलदेवशर्मा मज्गैया, दीपक गिरी, रामकुमार शर्मा र शंकर गिरी लगाएतले राजनीतिक गुरुकै रुपमा हेर्थे । उपाध्यायका चार छोरा र एक छोरी छन ।

उपाध्यायको मंगलवार विहान सितलपुरस्थित घाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यहरुले जनाएका छन् । यसैवीच उपाध्यायको निधनप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । पार्टी सभापति कृतीवहादुर खड्काले विज्ञप्ती जारी गरि काँग्रेसले एक निष्ठावान धरोहर गुमाएको भन्दै उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।

त्यसैगरी विद्यालयका संस्थापक उपाध्यायको निधनमा अमर माध्यमिक विद्यालय उरहरीले समेत दुख ब्यक्त गरेको छ । विद्यालय ब्यवस्थापन समतिकिा अध्यक्ष गुरु प्रसाद आचार्य र प्रधानाध्यापक पदम प्रसाद न्यौपानेले एक विज्ञप्ती जारी गरी गहिरो दुःख व्यक्त गरिएको छ ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया