हात्तिपाइले रोगको औषधी खुवाउन स्वयमसेविका घरघरमा

तुलसीपुर, १४ फागुन
हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन दुई सय बढी स्वयमसेविका घर–घरमा पुगेका छन् । औषधी खानबाट कोहिपनि बञ्चि नहुन भन्ने उद्देश्यले दुई सय २० जना स्वयमसेविका हिजो र आज प्रत्यक घर–घरमा पुगेका छन् । गत शनिबार औषधी खुवाउन सार्वजनिक, स्थल, विद्यालय र वडामा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउन २ सय १५ स्थानमा केन्द्र तोकिएको थियो । थाहा नपाएर वा काम विषेशले तोकेको केन्द्रमा नआएकालाई घरमै गएर खुवाउने गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थय शाखा उपप्रमुख विष्णु गिरीका अनुसार तुलसीपुर क्षेत्रमा ३० हजार बढिले औषधी खाएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया