काठमाण्डौं,१४ फागुन ।
सामान्य रुघाखोकी र ज्वरो आउदा धेरै प्रयोग हुने औषधि सिटामोल आज देखि नेपालमा व्यवसायिक उत्पादन हुँदैछ । यसअघि नेपालमा प्रयोगमा रहेको सिटामोल सिटामोल नभएर पारासिटामोल रहेको थियो । सिटामोलको उत्पादन २०६७ असोज देखि बन्द भएको थियो ।
विश्व स्वास्थ्य संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड पूरा गर्न नसक्दा नेपाल औषधि लिमिटेडले ग्लिसिरिन र स्लइनबाहेक अरु औषधि उत्पादन गर्न सकेको थिएन । लामो प्रयासपछि सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले त्यही सिटामोल भोलीबाट बजारमा ल्याउँदैछ ।
प्रकाशित मिति : २०७४ फाल्गुन १४ गते सोमवार