सन्तोष अधिकारी, दाङ, १० फागुन ।
फागुन ६ गते आईतवार कोईलावास भन्सार कार्यालयमा पुग्दा दुईजना कार्यालय सहयोगी मात्रै कार्यालयमा उपस्थीत थिए । कार्यालय प्रमुख, लेखापाल, कार्यालय सहयोगी सहित ४ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा हामी पुग्दा कार्यालय सहयोगी वाहेक कोही थिएनन् । कार्यालय सहयोगी विनोद थापाका अनुसार कार्यालय प्रमुख राजश्व दाखिलाको लागि घोराही गएको बताए ।
]चार जनाको दरवन्दी रहेको कोईलावास राजश्व कार्यालयमा स्वीपर र कार्यालय सहयोगी मात्र भेटिएका थिए । कार्यालय सहयोगी विनोद थापा पनि चार महिना अगाडि करारमा नियुक्त भएकाहुन् । लेखापालको पनि नियुक्ति रहेको उक्त भन्सार कार्यालयमा चार महिना सम्म पनि कार्यालय सहयोगी थापाले लेखापाल को हुन् भन्ने सम्म पनि थाहा पाएका छैनन् ।
भन्सार प्रमुख ओम प्रकास केसी कार्यालयमा नहुदा उनै सहयोगी थापाले राजश्वको काम गर्ने गर्दछन् । भन्सार कार्यालयका लेखापाललाई ईलाका प्रशासन कार्यालय लमही, प्रगन्ना कुलो सिचाई, नापी कार्यालयको समेत जिम्मेवारीमा भएकाले अधिकांश समय लमही वस्ने गरेका प्रमुख केसीले बताए । त्यसो त राजश्व पनि खासै नउठ्ने भएकोले पनि कार्यालयमा कर्मचारीहरु खासै नवसेको स्थानीयवासीहरु बताउछन् ।
कोईलावास भन्सार कार्यालयको विगत १० वर्षको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष ०७२/०७३ मा सवै भन्दा कम २ लाख ८० हजार राजश्व संकलन भएको कार्यालय प्रमुख केसीले जानकारी दिए । त्यस्तै उक्त भन्सार कार्यालयवाट आर्थिक वर्ष ०६६/६७ मा ५० लाख बढी राजश्व संकलन भएको थियो । यस आर्थिक वर्षको ८ महिनामा १ लाख ६३ हजार ५ सय ६३ रुपैंया मात्र राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
काईलावसमा वैंक तथा वित्तिय संस्था नभएका कारण कार्यालयका कर्मचारीलाई आर्थिक कारोवारको लागि जिल्ला सदरमुकाम घोराही वा नजिकको बजार लमही पुग्नुपर्ने बाध्यता भने रहेको छ । एकताका राप्ति अञ्चलको प्रमुख व्यापारीक केन्द्र मानिने दाङ जिल्ला अन्तरगत कोईलावास भन्सार कार्यालय अहिले सुनसान छ । कुनै वेला लाखौ रुपैंया राजश्व संकलन हुने यो भन्सार कार्यालयमा आज भोली राजश्व संकलन शुन्य प्राय हुने गरेको छ ।
सडक सञ्जालबाट टाढा रहेको दाङको सिमावर्ति क्षेत्र कोईलावासमा रहेको भन्सार कार्यालयमा भन्सार वापतको राजश्व संकलन अत्यन्तै न्यून रहेको छ । पछिल्लो तथ्यांक अनुसार यस कार्यालयवाट कहिले काँही छिटफुट रुपमा राजश्व संकलन भएपनि अधिकांश दिन राजश्व संकलन नै हुँदैन । “कहिले दुई चार हजार सम्म राजश्व संकलन हुन्छ भने कहिले एक रुपैया पनि हुदैन” कार्यालय सहयोगी विनोद थापाले भने ।
नेपाल भारत सिमा क्षेत्र कोईलावासवाट सामान आयात निर्यात नहुने भएकाले पनि राजश्व संकलन हुन नसकेको हो । पहिले राप्ति अञ्चलको व्यापारीक नाका भएकोले लाखौ रुपैया राजश्व संकलन हुने गरेको कोईलावासका तत्कालीन व्यापारी सयव सीद्धिकिले बताए । तर दुरावस्थाको सडक, नेपालवाट निकासी तथा भारतवाट आयात नहुँदा राजश्व संकलनमा कमी आएको सिद्धिकिले बताए । अहिले सडक कालो पत्रेको काम भैरहेकोले कोईलावास नाका पुनः सञ्चालनहुनेमा स्थानीयहरु आशावादी रहेकाछन् ।