मुक्ति समाज लुम्वीनीको अध्यक्षमा सुनार निर्वाचित

घोराही, २२ जेठ । नेपाल उत्पिडित जातिय मुक्ति मोर्चा लुम्बिनी प्रदेश कमिटिको नयाँ नेतृत्व चयन भएको छ । आईतवार घोराहीमा भएको प्रथम सम्मेलन तथा अधिवेशनले सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनको बन्दसत्रले सर्वसम्मत गुल्मीका कृष्णबहादुर सुनारको अध्यक्षतामा ७७ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो ।

जसको उपाध्यक्षमा टंक बिक(दाङ ) र पुरन परियार (रुपेन्देहि), सचिबमा दिल बहादुर परियार (बाके),कोषाध्यक्षमा टिका बिश्वकर्मा (पाल्पा ), उपसचिवमा सुर्यमन पासवान र सागर परियार निर्विरोध निर्वाचित हुनु भएको छ । यस्तैगरी दाङबाट सदस्यहरुमा खेमराज विश्वकर्मा , शान्ता बि क ,सुन्दर नेपाली,शिबा बिक ,लाल बहादुर परियार चयन हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रदेशका १२ जिल्लालाई समेटेर ७७ सदस्यीय पदाधिकारी चयन गरिएको छ । प्रदेशको जिल्ला, भुगोल र समावेशीका आधारमा पदाधीकारी चयन गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया