पत्रकार महासंघ दाङमा सदस्यता शुद्धिकरण मापदण्ड कार्यान्वयन

बहालवाला अध्यक्ष र सचिव समेत महासंघको रिङबाट आउट

तुलसीपुर, १९ जेठ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड–२०७९’ दाङमा पूर्ण रुपमा कार्यान्वयनमा भएको छ । दाङ शाखाको सदस्यता शुद्धिकरणका लागि सिफारिस गर्न गठित समितिले पेश गरेको प्रतिवेदन पारित भएपछि शुद्धिकरणको मापदण्ड पूर्ण रुपमा कार्यान्वयनमा आएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा घोराहीमा बसेको बैठकले समितिले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

पत्रका महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा सहसचिव दशरथ घिमिरे र सदस्य उदय बिसी रहेको तीन सदस्य सिफारिस समिति गठन गरिएको थियो । पेश गरेको प्रतिवेदन अनुसार नविकरण गर्न मिल्ने र नमिल्ने सदस्यहरुको टुंगो लगाइएको छ । महासंघ दाङ शाखामा रहेका २ सय ७५ सदस्यमध्ये मापदण्ड अनुसार हाल ८५ जना सदस्यको मात्रै नविकरण गर्ने निर्णय गरिएको छ । पत्रकारितामा क्रियाशिल नरहेका, स्वेच्छिक त्याग गरेका र मापदण्ड अनुसार नविकरण गर्न नमिल्ने अबस्थाका वर्तमान अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितल सहित ११८ जना सदस्यहरुको नविकरण नगर्ने निर्णय भएको छ ।

सदस्यता शुद्धिकरण सिफारिश समितिले पत्रकारितामा क्रियाशिल रहेका तर मापदण्ड अनुसार नविकरण गर्न नमिल्ने अवस्थाका ८१ जना सदस्यका सम्बन्धमा थप छलफल गर्न आवश्यक देखिएकाले महासंघको प्रदेश र केन्द्रीय समितिमा पठाउन समितिले सुझाव दिएका कारण उक्त सुझावलाई सोही अनुसार पठाउने निर्णय भएको छ ।
बैठकले महासंघका संस्थापक र शाखाका पूर्व अध्यक्षहरुलाई उहाँहरुको चाहना अनुसार मानार्थ सदस्यमा सिफारिश गर्ने निर्णय गरेको छ । दाङ शाखामा सदस्य रहेका तर हाल अन्य जिल्लामा क्रियाशिल रहेका सदस्यका हकमा कार्यरत जिल्लामै सदस्यता स्थानान्तरण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

नबिकरणकाे सूचिमा परेका पत्रकारहरुकाे नाम 

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया