जनज्योति मा.वि.मा रक्तदान

तुलसीपुर,५ फागुण ।

जनज्योति माध्यामिक विद्यालय तुहीरनियापुरले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले आफ्नो ६०औ बार्षिक उत्सव तथा हिरक जयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । सोहि कार्यक्रम अन्र्तगत आज शनिवार रक्तदान कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश भट्टराईएले बताएका छन ।

सो अवसरमा विद्यालयका शिक्षक कर्मचारी, अभिभावक , शुुभचिन्तक गरी १५ जनाले रक्तदान गरेका थिए । विद्यालय ब्यवस्थापन समतिका अध्यक्ष हुम बहादुर नेपालीको अध्यक्षता तथा रेडक्रस उरहरी शाखाका सभापती हरीहर पौडेलको प्रमुख आतिथ्यमा रक्तदान कायक्रम भएका थियो । साथै विद्यालयले आईतवार प्रभातफेरी गर्ने र ७ गते हीरक जयन्ती समारोहको आयोजना गरेको बताइएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया