बारा–२ मा जसपाका यादव विजयी

काठमाण्डौ, १३ बैशाख । प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउनुभएको हो ।

यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा उहाका निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो भने एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यो नतिजासहित उपचुनाव भएका तीन वटै क्षेत्रको अन्तिम नतिजा आएको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्ले विजयी हुनुभएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया