विद्यार्थीलाई सिकाउने शिक्षकले आफुलाई परिमार्जन गर्नुपर्छ – पाण्डे

तुलसीपुर, २० माघ  /
नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटीको बैठक राप्ती शान्ति उद्यान तुलसीपुरमा सम्पन्न भएको छ । कमिटीका अध्यक्ष पदमबहादुर वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा बोल्दै मेयर पाण्डेले शिक्षकले पढाएका अधिकाँस बालबालिका शिक्षीत अब्बल नहुँदा सम्म त्यसको सार्थकता नहरने बताउनुभएको थियो ।

विद्यार्थीलाई सिकाउने शिक्षकले आफुलाई परिमार्जन गर्न नसके क्षैक्षिक गुणस्तरमा सुधार गर्न नसकिने भन्दै विद्यार्थीको भविष्य शिक्षकै हातमा हुने भएकाले जिम्मेवारी बोधका साथ लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष भागवत पौडेल, नेपाल क्षिक्षक सगठनका राष्ट्रिय पार्षद गोमाबालन क्षेत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका सचिव दामोदर बस्नेत, पेशागत महासंघ दाङका सचिव रमा अचार्य, शिक्षक वसन्ता केसी, निलम विक हुमबहादुर केसी लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन नेपाल राष्ट्रिय क्षिक्षक संगठन तुलसीपुर नगरकमिटीका सचिव होमराज डाँगीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ माघ २० गते शनिवार
प्रतिक्रिया